नेपाल र नेपाली जनताको हितमा समर्पित : प्रधानसेनापति शर्मा



कामना न्युज पब्लिकेसन प्रा.लि.को ४० औँ वार्षिकोत्सवको अवसरमा पब्लिकेसनसँग सम्बद्ध पदाधिकारीहरू, व्यवस्थापन तथा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

स्थापनाकालदेखि नै त्यस पब्लिकेसनले नेपाल र नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर समर्पित ढङ्गले पत्रकारिताको पेसागत जिम्मेवारी वहन गर्दै आइरहेको छ । चार दशक लामो यात्रामा आइपरेका विभिन्न आरोहअवरोहसहितका जटिल परिस्थितिमा पनि देश र देशवासीको हितको लागि पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै मुलुकको राष्ट्रिय स्वार्थलाई मुख्य प्राथमिकतामा राखी विविध विधा समेटी समाचार सम्प्रेषण गरी उदाहरणीय रूपमा प्रस्तुत भइरहेको यथार्थ सबैका सामु स्पष्ट नै छ ।

त्यस पब्लिकेसनले नेपाली सेनाको संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्ने सिलसिलामा राष्ट्रिय आवश्यकताअनुसार भूमिका निर्वाह गर्न तथा व्यावसायिक रूपमा कर्तव्यपालना गरेको बारे यथार्थपरक खबर सम्प्रेषण गरी नेपाली सेनालाई समेत अभिप्रेरणा दिनेतर्फ प्रयासरत रहेको पाइएको हुँदा नेपाली सेनाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु । आगामी दिनहरूमा पनि सदाझैँ रचनात्मक समालोचनासहितको सद्भाव प्राप्त भइरहने कुरामा म विश्वस्त छु ।

अन्त्यमा, त्यस पब्लिकेसनले आगामी दिनमा पनि व्यावसायिक पत्रकारिताको नमुना बन्दै वस्तुपरक समाचार सम्प्रेषणका माध्यमले मुलुकको हितमा योगदान पु¥याइरहन सकोस् भन्ने शुभेच्छा प्रकट गर्दै ४० औँ वार्षिकोत्सवको अवसरमा पब्लिकेसनसँग सम्बद्ध सञ्चारकर्मीलगायत सबैमा पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्