झुटो समाचारले माफी माग्नुपर्दा



हचुवाको भरमा ‘माइल एज’ पाउन कै निम्ति ब्रेकिङ न्युज बनाउँदा त्यो समाचार झुठो भएपछि मिडिया हाउसले माफी माग्ने गरेको घटना कमै हुन्छन् । यस्ता घटनाले गर्दा सम्पादकीय टिमको नैतिकता प्रश्न उठ्ने गरेको छ ।ब्रेकिङ समाचारमा पहिलो हुन पत्रकारले गलत स्रोतको प्रयोग गर्दा मिडियाक्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ । समाचार लेख्दा हतारमा लेख्नु हुँदैन । हुन त, समाचारलाई हतारिएको साहित्य पनि भन्ने गरिन्छ ।

सधैं समाचार दिने स्रोत आफै झुटो नभएका होइनन । फेक समाचारले कहिलेकाहीँ त पाठक दिक्क हुने गरेका छन् । तर, पत्रकारले आफूले प्राप्त गरेको विवरण साँचो हो वा झुटो भनेर खोज्न नसकेको कारण मिडिया हाउसनै विवादमा पर्ने गरेको छ । त्यसैले सधैं समाचार खोज्दा सत्य पहिचान गर्नुपर्छ । हचुवाको भरमा समाचार प्रकाशन र प्रशारण गर्ने होडबाजीबाट टाढा रहनुपर्छ

आफूले खोजेको समाचार सही वा गलत भनेर सुँघ्न सक्नुपर्छ । पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको वेथितिको कारण सञ्चार क्षेत्रमा ठूलो समस्या भएको छ । नियामक निकायले निर्मम अनुगमन गर्न नसक्दा समस्या बढेको छ । हुन त प्रेस काउन्सिलले गलत समाचार लेख्ने संस्थामाथि सचेत गराउन सक्छ । कारबाही गर्न सक्ने अधिकार काउन्सिलको छ । प्रेस काउन्सिलले गलत समाचार प्रकाशन र प्रसारण गर्नेमाथि कारबाही गर्न नसकेको भन्न खोजेको होइन । कडा कानुनको अभावले समस्या बल्झिएको छ ।

च्याउसरी उम्रिएका अनलाइनको कारण फेक समाचारको बाढी आएको विष्लेषण काउन्सिलको छ । विषेशगरी टेलिभिजनमा ब्रेकिङ समाचारको कारण समस्या बढेको छ । नेपालमा झुटो समाचार लेखेर माफि मागेको केही घटना चर्चित छ । यस्ता केही चर्चित घटनाले नेपाली पत्रकारिता क्षेत्रमा कालो दाग लागेको छ ।नेपाल समाचारपत्रले २०५६ सालको दशैंअघि एउटा समाचार लेख्यो । ‘प्लेब्वाई पत्रिकाको लागि चार नेपाली युवतीले नाङगो फोटो खिचाए’ चितवनको सौराहामा गएको फोटो खिचाएको समाचार प्रकाशित भएपछि समाचार झुटो भयो ।

स्रोतको हवाला दिँदै समाचार प्रकाशित भएको भोलिपल्टदेखि दशंै बिदा थियो । दशैं विदा लगत्तै कार्यालयमा आएका चार युवतीले नेपाल समाचारपत्रको भीमसेनस्थानस्थित कार्यालयमा समाचार पुष्टि गर्न चेतावनी दिए । समाचार पुष्टि हुन नसकेपछि नेपाल समाचारपत्रले माफी माग्नुप¥यो । एकतर्फी माया बसेका प्रेमीले युवतीलाई फसाउन त्यस्तो समाचार प्रकाशित गर्न लगाएपछि समाचारपत्रले पहिलोपटक माफी माग्नुप¥यो ।

१२ वर्षअघि अर्थात् २०६८ साल वैशाख ६ गते बुधबार कान्तिपुर दैनिकमा एउटा सनसनीपूर्ण समाचार प्रकाशित भयो । धरानबाट प्रकाशित त्यो समाचारले पहिलो राष्ट्रपति रामवरण यादवको साख गि¥यो । समाचार थियो–अनुजा बानियाँले गाडीमा ९१ लाख रुपियाँ भेटर सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको । उनले रकम फिर्ता गरेको समाचार प्रकाशित भएपछि उनलाई राष्ट्रपति डा.रामवरण यादवले शितल निवासमै बोलाएर सम्मान गर्नुभयो । प्रधानमन्त्री, मन्त्रीदेखि उच्च पदस्थ अधिकारीले अनुजालाई बधाई दिए । बधाईको ओइरो केहीबेर थेगिनसक्नु भयो ।

धरानबाट लेखिएको समाचारको शीर्षक थियो–‘धन्य अनुजा । राष्ट्रपति डा.यादवले ‘स्याबास राम्रो काम ग¥यौ भन्दै बधाई दिनुभयो । बधाई दिएको समाचार गलत साबित भयो ।राष्ट्रपति यादवले बधाई दिएको केही समय बित्न नपाउँदै ९१ लाख रुपियाँ भेटेर फिर्ता दिएको समाचार झुट थियो । झुट भएपछि शितल निवास झसंग भयो । समाचारले राष्ट्रपतिको शान खस्कियो । राष्ट्रपति यादवले हतारमा हौसिएर सम्मान गरेपछि राष्ट्रपतिमाथि नकारात्मक प्रश्न उठ्यो ।

समाचार देख्दा कसलाई फिर्ता दिएको भन्ने विषयमा उल्लेख भएन । कान्तिपुरको समाचार झुटो थियो । गलत समाचार लेखेपछि त्यसको केही दिनमै क्षमायाचना गर्दै माफि माग्नुप¥यो । झुटो समाचारको कारण मिडिया क्षेत्रकै बदनाम हुन पुग्यो ।अर्को समाचार थियो अर्बपति रसेन्द्र भट्टराईको । होटल सोल्टीमा बसेर विभिन्न व्यक्तिसँग साझेदारीमा विभिन्न कार्यालय खोल्ने ‘रसेन्द्रको निजी हवाइजहाज छ, बीएमडब्लू, रोयल्सरोय, मर्सिडिज, जगुवार, फेरारीलगायत ।

अमेरिका बेलायत, स्पेनलगायत मुलुकमा आलिसान बंगलाहरू’ संसारकै ‘सबैभन्दा ठूलो ट्रस्ट’ को सञ्चालक पनि । सो समाचार पनि झुट भयो । झुठ साबित भएको सो समाचारले मिडयामा तहल्का मच्चियो । नेपाल समाचारपत्रमा लेखनाथ अधिकारीले रसेन्द्र भट्टराईले वालुवाटारमा आत्महत्या गरेको समाचार लेखे थियो । होटल सोल्टीमा बसेर लाखौँ रुपियाँ तिर्न नसकेपछि फरार भएको समाचार आयो । रसेन्द्रको पछि लाग्ने लाखौं धनाढ्यहरूको बिचल्ली भयो । ठगको समाचार प्रकाशित भएपछि मिडियामा फेरि एकपटक तरङग भयो ठूला मिडियाकोे विश्वश्नीयतामाथि प्रश्न उठ्यो ।

समाचार आउँदा त्यसको भेरिफाई गर्न नसक्नु मिडिया हाउसको गलत हो । अर्को चर्चित झुटो समाचार प्रकाशन गरेर नागरिकले माफी माग्नुप¥यो । घटना थियो २०७० फागुन १४ को, समाचारको शीर्षक थियो–आमाघरकी सञ्चालक दिलशोभालाई ‘यौन दुराचारको’ आरोप यो घटनामा महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान गर्दा यौन दुराचारीको आरोप पुीष्ट भएन ।

समाजसेवी श्रेष्ठमाथि लागेको आरोप आरोप पुष्टि नभएपछि नागरिक दैनिकले माफी माग्यो । यौन दुराचार पुष्टि भएन, समाचारसँगै क्षमाप्रार्थी छांै भनेर लेखियो । दिलशोभामाथि लागेको आरोपमा राष्ट्रिय मानवअधिका आयोगले समेत छानबिन ग¥यो । आयोगले लेखेको थियो यौन प्रकरण भेटिएन । आयोगले मञ्जु खतिवडा र बासु बजगार्र्इंको नेतृत्वमा अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा आरोप पुष्टि हुन नसकेको उल्लेख गरेको थियो ।

यस्ता ब्रेकिङ न्युजको कारण माफी माग्नुपरेको घटना धैरै छन् । कान्तिपु्र टेलिभिजनमा सुमनसँग कार्यक्रममा प्रसारित कञ्चन शर्मा रेग्मीको अन्तवार्ताले मिडियालाई लाजमर्नु बनायो । उनको सो अन्तवार्ता गलत भएपछि खरेलले शर्माको परिवारसँग माफी मागे । वास्तवमा समाचारको गाम्भीर्यता बुझ्दाबुझ्दै कसैको कारण झुक्किएर गलत समाचारको कारण माफी माग्नुपरेका घटना धेरै छन् ।

पछिल्लो समय झुटो समाचार लेखेर माफी माग्नुपरेका यस्ता घटना धेरै बढेका छन् । प्रेस काउन्सिलले झुटो समाचार लेख्नेमाथि स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नदिएमा सञ्चार संस्था बन्द गर्नेसम्मको चेतावनी दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्