एक महिनामा भित्रियो १ खर्ब ३६ अर्ब भन्दा बढी रेमिट्यान्स



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले गत असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै बैंकले असोज महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो । यो एक महिनाको अवधिमा रेमिट्यान्स भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो । चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्