अम्पायर रावल विश्व टेबल टेनिसका लागि छनोट 



काठमाडौं।

अम्पायर नरेश रावल आगामी “विश्व टेबल टेनिस फिडर कर्पस क्रिस्टी २०२४“ प्रतियोगिताका लागि छनोट भएका छन् । अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आगामी जनवरी १५ देखि १८ सम्म अमेरिकाको टेक्सासमा हुँदैछ । यसका लागि विश्वभरबाट मात्र तीन विदेशी म्याच अफिसियल छनोट गरिएकोमा नेपालबाट रावल छनोट भएका हुन् ।

स्ट्याग ग्लोबल प्रशिक्षक तथा अन्तर्राष्ट्रिय टेबल टेनिस अम्पायर रावलले विश्व टेबलटेनिस छनोट २०२२ , दक्षिण एसियाली युवा च्याम्पियनसिप २०२३ , एसियाली च्याम्पियनसिप २०२३ जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिसकेका छन् । रावलले अन्तर्राष्ट्रिय अम्पायरको रूपमा चयन गरेकोमा अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ यूआरसी, डब्ल्यूटीटी र अखिल नेपाल टेबल टेनिस संघलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्