तिहारलाई देउसी भैलो



गायक निकेश राईको स्वर तथा शब्द रचना र संगीतमा तिहारलाई लक्षित गरेर देउसी र भैलो बोलको गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच मिसेस वल्र्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राईसहितका प्रतियोगी, ब्रिटिस आर्मीका क्याप्टेन योगेश कोयी राई, अनुषा राई, अनिल कोयी राईलगायतले गीत सार्वजनिक गरेका हुन्।

निकेशको यो गीतमा उनीसहित कुसुम गुरुङ, सविन शंकर, राजु बाकोटी, नौली याम्फु, कैलाश विक, सुशील भट्टराईलगायतको स्वर रहेको छ। गीतको भिडियोमा आयुष्मा राई, योगेश कोयी राई, अनुषा राई, अनिल कोयी राईलगायतले अभिनय गरेका छन् भने मुकेश हुमागाईंको छायांकन, अमृत चापागाईंको सम्पादन र रंग संयोजन, अनिल थुलुङको कोरियोग्राफी तथा अनिल कोयी राईको निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्