सहायता परिचालनमा केन्द्रित हुन माओवादी केन्द्रको आह्वान



म्याग्दी।

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरुको व्यवस्थापनमा केन्द्रित हुुन पार्टीका नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुुरुङले आज विज्ञप्ति जारी गर्दै घाइतेको खोज तथा उद्धार, अविलम्ब प्रभावकारी स्वास्थ्योपचार, विस्थापितको पुुनःस्थापनाको व्यवस्था, खाद्यान्न, बसोबासलगायत आवश्यक सामग्रीको व्यवस्था यथासिघ्र मिलाउन नेपाल सरकारसहित तीनै तहका सरकार समक्ष माग गर्दै यसका लागि सहयोग पुु¥याउन र सक्रियतापूूर्वक परिचालित हुुन पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

जाजरकोटको रामिडाडा केन्द्रबिन्दुु भएर शुुक्रबार राति ६ दशमलब ४ रेक्टर स्केलको भूूकम्प जाँदा जाजरकोट, पश्चिम रुकुुमलगायत जिल्लामा भएको जनधनको क्षतिको पीडादायी घटनाबाट माओवादी केन्द्र गण्डकी प्रदेश समिति स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक विपत्तिले निम्त्याएको दु:खद् घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना प्रकट र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना अध्यक्ष गुरुङले गरे ।

प्रतिक्रिया दिनुहोस्