ओलीको मुहारचित्र प्रदर्शनीमा



कलाकार सुषमा राजभण्डारीको १९औँ एकल चित्रकला तथा ख्यातिप्राप्त कलाकारहरूद्वारा तयार पारिएका मुहार चित्र प्रदर्शनीको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपाल आर्ट काउन्सिल बबरमहलमा शुभारम्भ गरेका छन्।

कलाकार राजभण्डारीको माई जर्नी शीर्षकको चित्रकला प्रदर्शनीमा करिब तीन दर्जक कलाकृति छन्। चार दशकदेखि कलामा सक्रिय राजभण्डारीले देश तथा विदेशमा आफ्नो चित्रमार्फत एकल, सामूहिक, गोष्ठी तथा कार्यशालामा सहभागी भएर ख्याति कमाइसकेकी छन्।

त्यस्तै, प्रधानमन्त्री ओलीको मुहारचित्र २१ जना ख्यातिप्राप्त कलाकारहरू केके कर्माचार्य, विजय थापा, चन्दा श्रेष्ठ, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, गजेन्द्रमान श्रेष्ठ, सुषमा राजभण्डारी, एनबी गुरुङ, उमेश श्रेष्ठ, कृष्णप्रकाश शाह, भीम श्रेष्ठ, पृथ्वी श्रेष्ठ, दीपेन्द्र बनेपाली, अजय देसार, आशुराम खैजू, विनोद गुप्ता, मदन श्रेष्ठ, बालकिशोर चौधरी, राजेश महर्जन, सितु मास्के र सूर्य दोडराजले तयार पारेका छन्। प्रदर्शनी अगामी १८ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्