अस्पतालको शौचालयबाट भागेका व्यक्ति पक्राउ



काठमाडौँ।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भागेका व्यक्ति पक्राउ परेका छन् । उपचारका क्रममा फरार भएका विवेक नेपाली पुनः पक्राउ परेका हुन् ।

स्वास्थ्य जाँचका लागि प्रतिष्ठान लगिएका उनी सोमवार बिहान शौचालय जाने बहानामा झ्याल फोरेर भागेका थिए । लगत्तै उनलाई घोराही उपमहानगरपालिका–१८ को रझेनाबाट साढे ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनी मोबाइल चोरीको आरोपमा पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्