वेब सिरिजमा कैँची



वेब सिरिज कैँची निर्माण हुने भएको छ। हालै एक टिजर सार्वजनिक गर्दै सो वेब सिरिजको औपचारिक निर्माण घोषणा गरिएको हो।

मधेसको सेटअपमा खिचिएको सार्वजनिक टिजरमा अभिनेता कामेश्वर चौरासिया, अभिनेत्री काजल कर्ण, रियाज आचार्य र दीपक आरजेलाई स्थान दिइएको छ। सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुने वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई उतारिने निर्माण समूहले जनाएको छ। सिरिज विशेषगरी नेपालको तराई क्षेत्रमा हुने विभिन्न घटनामा आधारित हुनेछ।

कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया आफैंले लेखेका छन् भने पटकथा र संवाद लेखनमा उनलाई निर्देशक नरेशनाथ योगी किङ योगीले सघाएका छन्। बद्री इन्टरटेनमेन्ट र ढाका टोपी फिल्म्स्को ब्यानरमा समीर खरेल र दीपक आरजेले निर्माण गर्ने सिरिजमा मित्र डि गुरुङको सम्पादन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक र निशान पौडेलको डीओपी वेब रहनेछ।

प्रतिक्रिया दिनुहोस्