सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, भाउ हालसम्मकै उच्च


काठमाडौँ।

सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार छापावाल सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बडेर एक लाख १७ हजार रुपैयाँ पुगेको छ।

सुनको यो भाउ नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार १ लाख १६ हजार प्रतितोला कायम भएको सुनको मूल्य आज आइतरबार १ लाख १७ हजार रुपैयाँ पुगेको हो।

दसैँअघि अर्थात् कात्तिक ३ गते सुनको भाउ प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ४ सय रहेको चाँदी आज १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।