हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ



सोलुखुम्बु। 

महाकुलुङ गाउँपालिका-२ पेल्माङ बस्ने ५० वर्षीय शीतल बहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् ।

मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको झै-झगडामा शीतल बहादुर राईको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै-झगडामा संलग्न धरन बहादुर र समितलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्