रहेनन् एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठ


काठमाडौँ ।

एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठ (बिके श्रेष्ठ) को निधन भएको छ । आज विहान उनको निधन भएको हो ।
बुढ्यौली उमेरका उनी केहि समययता सामान्य बिरामी थिए । श्रेष्ठको पारिवारिक स्रोतका अनुसार आफ्नै घरमा उनको निधन भएको हो ।

दशैंको टिकाको दिन उनको निधन भएको हो । श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्षको रूपमा रहेका थिए। २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।