दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन



काठमाडौं ।

मनाङ एयरका पाइलट दुर्घटनामा परेका प्रकाशकुमार सेढाईंको निधन भएको छ।

गत असोज २७ गते शनिबार चलाएको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।

नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ।दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्