पेस्तोलसहित जनकपुरधामबाट एक किशोरी पक्राउ



काठमाडाैं  ।

जनकपुरधामस्थित रेल्वे स्टेशन नजिकै रहेको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यमा पर्ने लकीसराई ग्रामपञ्चायत बडीपोखरी -९ का पप्पु सहनीको १६ वर्षीया छोरी पुजा कुमारी सहनी छन् ।

उनको साथबाट कटुवा पेस्तोल एक थान, भारतीय कम्पनीको एउटा सिम र केही नेपाली रुपैयाँ नगद बरामद भएको छ ।

उनलाई नियन्त्रणमा लिई रेल्वे सुरक्षा बेस जनकपुरधाममा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्