पारा एसियाडमा पलेशाले जित्यो ऐतिहासिक कांस्य



काठमाडौं ।

चीनको हाङचउमा जारी चौथो पारा एसियाली खेलकुद प्रतियोगितामा नेपालकी पलेशा गोवर्धनले तेक्वान्दोमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् ।

मंगलबार ५७ केजी मुनिको क्वार्टरफाइनलमा पलेशाले चीनकी याङ लिटिङलाई १४–१ अंकले पराजित गर्दै कांस्य पदक पक्का गरेकी थिइन् ।

सेमिफाइनलमा भने पलेशा कजाकिस्तानकी डोसमालोभा कामिलियासँग १६–१० ले पराजित भएपछि कांस्यमा सिमित भइन् । नेपाललाई पलेशाले ऐतिहासिक कांस्य पदक दिलाएकी हुन् । नेपालले पारा एसियाली खेलकुदमा पहिलो पटक पदक जितेको हो ।

प्रतिक्रिया दिनुहोस्