पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका



काठमाडौं ।

हिन्दुहरूको महान् चार्ड बडादसैँको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् । मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई टिका लगाइदिएका हुन् ।

अपराह्न बजेबाट टीका लगाउने कार्यक्रम सुरु भएको थियो । पूर्वराजा शाहको हातबाट टीका थाप्न निर्मल निवासमा सर्वसाधारणको भिड लागेको थियो ।

पूर्व राजाबाट टीका थाप्न सर्वसाधारणका साथै राष्ट्रसेवक प्रहरी तथा कर्मचारीहरू समेत निर्मल निवास पुगेका थिए । उनले हरेक वर्षको दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्