बोलेरो जीप दुर्घटनामा दुई जनाको मृत्यु



दोलखा ।

दोलखाको विगु गाँउपालिका वडा नम्बर– २ ओराङमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाईते भएका छन् ।

दुर्घटनामा विगु गाँउपालिका वडा नम्बर– २ कै चिनिमाया तमाङ र बलिमाया तमाङको मृत्यु भएको वडा अध्यक्ष दिपक ठकुरीले बताए ।

दोलखाको सिंगटीबाट बासपानी जादै गरेको बा १४ च ८९३४ नम्बरको बोलेरो जीप ओराङ राईबेटारमा सोमवार बेलुका ६ः४५ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाईते भएका ६ जना मध्य तीन जनाको उपचार सिगटीमा भै रहेको र गम्भीर घाईते तीन जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्