राष्ट्रपति पौडेलले लगाए दसैँ टीका



काठमाडाैं ।

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका र जमरा लगाएका छन्। साथै गुरु पुरोहितबाट पनि दसैँको दीका र जमरा लगाएका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका लगाएका हुन्। आफूले टीका लगाएपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिए।

विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्