मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते



मकवानपुर ।

भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३बजेर ३० मिनेटमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र०३-००१ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

गाडी सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए । गाडीमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमार्डौं पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्