काभ्रेमा पिङ हाल्ने क्रममा रुखबाट खसेर मृत्यु



काठमाडौं ।

काभ्रेमा पिङ हाल्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।

भुम्लु गाउँपलिका ६ कोतालीका ५० वर्षीय गणेश परियारको आइतबार साँझ दसैँको पिङ हाल्न वरको रुखमा चढेको बेला खसेर मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

खसेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्