त्रिकोणात्मक सिरिज : नेपाल र युएई भिड्दै



काठमाडाैं  ।

घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा आज (सोमबार)नेपाल र युएई भिड्दैछन्।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। यसअघि सिरिजका तीनै खेलमा अपराजित रहेको नेपाल सोही लयलाई कायम राख्न चाहन्छ।

सिरिजको पहिलो खेलमा नेपालसँग ७ विकेटले पराजित भएको युएई जितको खोजीम मैदान उत्रनेछ। सिरिजमा अपराजित नेपाल फाइनलमा पुगिसकेको छ। उता युएई भने नेपाललाई हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्