पाल्पा बैकुन्ठे जिप दुर्घटना : मृतक सबैको सनाखत



पाल्पा ।

रानीमहल नजिकै भएको जीप दुर्घटनाका सबै मृतकको पहिचान खुलेको छ ।

आइतबार बेलुकी ५ बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका-१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका-२ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ ।

घटनामा परी गम्भीर घाइते चालक ३५ वर्षीय ईश्वर लोहनी पनि देवचुलीकै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्