इजरायल घटनाका चार जनाको शव परिवारलाई बुझाइयो



काठमाडौं ।

कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, कैलाली जोशीपुर ५ का आशिष चौधरी, दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकम ५ का दीपेशराज बिष्टको शव धनगढी ल्याइएको हो ।

नेपाली सेनाको स्काई भ्यान मार्फत धनगढी ल्याइएका ती शवहरु कैलाली जिल्ला प्रशासन कार्यालयले समन्वय गरी परिवारजनलाई हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।

दार्चुलाका शवहरू सम्बन्धित स्थानीय तहको समन्वयमा शव वाहन व्यवस्थापन गरी पठाइएको छ भने कैलालीका शवलाई पनि त्यसैगरी पठाइएको हो । नेपालका लागि इजरायलका राजदूतसमेत धनगढी आएर मृतकका आफन्तलाई भेटघाट गरेका छन् । परिवारजन धनगढी विमानस्थलमै पुगेका थिए ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । ती मध्ये सात जना सुदूरपश्चिमका हुन् ।

प्रतिक्रिया दिनुहोस्