पाल्पाको रानीमहल नजिकै बैकुन्ठेमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक घाइते



काठमाडौं ।

पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ ।

पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरमा भएको जिप दुर्घटनामा ६ को मृत्यु, एक घाइते
जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्