सामाजिक तथा राजनीतिक वातावरण किन अल्मलियो ?



काठमाडौं ।

मन्त्रीपरिषद्का पुर्व अध्यक्ष एवं पुर्व प्रधान न्यायाधिश खिलराज रेग्मीले संविधान निर्माण भै कार्यान्वयनमा गएको आठ वर्ष वित्दा पनि विकास, सम्वृद्धि र सामाजिक रुपान्तरणको लागि नेपाली आवश्यकतालाई संबोधन गर्ने गरी अझ पनि सामाजिक तथा राजनीतिक वातावरण बन्न नसकेको बताउनु भएको छ ।

वहुसाँस्कृतिक, वहुधार्मिक विशेषतायुक्त नेपाली समाजमा विशेष चाडको रुपमा हर्षोल्लासका साथ मनाइदै आएको विजया दशमी २०८० कोसुखद अवसरमा शुभकामना शन्देश दिँदै उहाले माथि उल्लेखित कुरा नेपाली समाजमा अहं प्रश्नको रुपमा उठेको बताउनु भएको हो ।

‘इतिहासका विभिन्न कालखण्डमा भएका संघर्ष र आन्दोलनको फलस्वरुप संविधान सभाबाट संविाधान निर्माण भै कार्यान्वयनमा गएको पनि आठ वर्ष भै सकेको छ’ रेग्मीले भन्नुभएको छ– तर पनि विकास, सम्वृद्धि र सामाजिक रुपान्तरणको लागि नेपाली आवश्यकतालाई संबोधन गर्ने गरी अझ पनि सामाजिक तथा राजनीतिक वातावरण किन अलमलिई सुनिश्चित हुन सकी रहेको छैन ? ।

यो नेपाली समाजमा अहं प्रश्नको रुपमा आज पनि रही रहनु सुखद पक्ष नभएको उहाँको भनाई थियो । विगतबाट शिक्षा लिई वर्तमान समयको आवश्यकतालाई वोध गरी सुखद भविष्यको योजना निर्माण गर्दे अधि बढ्नु आजको अनिवार्य आवश्यकता वनेको छ बताउदै मन्त्री परिषद्का पुर्व अध्यक्ष रेग्मीले धार्मिक सहिष्णुता, जातिय सह अस्तित्व र सांप्रदायिक सुसंबन्ध उदाहरणीय रुपमा रहेको हाम्रो नेपाली समाजमा आज त्यसमा केही अलमल र खलबलका संकेतहरु देखा परेका बताउनु भएको छ ।

सद्भावपूर्ण नेपाली परंपरा, आपसी प्रेम र भ्रातृत्व भाव कायम राख्दै अधि बढ्नु आजको महत्वपूर्ण आवश्यकता भएको बताउदै उहाले ।

दुखमा धैर्य र अभावमा पनि खुसी देखिन सक्नु नेपाली समाजको स्वभाव एवं चरित्र भएकोले महंगी र गरीवीमा पनि गच्छे अनुसाको आर्थिक र सामाजिक व्यवहार गर्दे विजया दशमीको शुभकामना आपसमा वाँडी खुशियालीका साथ मनाउँ भन्ने आग्रह गर्नुभएको छ ।

शुभकामना शन्देशमा उहाँले विजया दशमीले शान्ति, समृद्धि, आपसी सद्भाव, साँस्कृतिक सहिष्णुता, सहकार्य र एकता अभिवृद्धि गर्न सवैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्