नीराहार बसेका बाबाको छातीमा जमरा, टिकाको दिन प्रसादको रुपमा वितरण गरिने



रौतहट  ।

हिन्दुधर्माबलम्बिहरुले दशैको बेला घर घरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने परम्परागत चलन छ ।

दशैको बेला उमारिएको जमरा दशमीको दिन अर्थात टिकाको साईतका दिन मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ । तर, रौतहटको कटहरिया नगरपालिका–५ स्थित बौध्दिमाई मन्दिर छेउमा निराहार समाधी बसेका नागा बाबाको नामले चिनिएका ४५ बर्षिय नरेश राय यादबले आफनो जीउमा जमरा उमारेका छन् ।

घटस्थापनाको दिन विधिवत रुपमा ब्राहमण बिधि द्वारा पूजा गरेर नागाबाबाले आफनो छाती र जीउमा जमारा उमारेका छन् । न खाना न पानी न शौच आईतबार आठौ दिनमा उनको छाती भरी जमारा उम्रेको छ । रौतहटको माधव नारायण नगरपालिका–३ दीपही निबासी नागा बाबा १० वर्षको उमेर देखिनै घर छोडेर साधु बनेका हुन ।

छाती र जीउमा जमरा उमार्नकै लागि उनले दश दिन अघि देखि अन्न नखाएको केबल पानी र चिया मात्रै पिएको तर घटनास्थापनाका दिन छाती र जीउमा जमरा रोपेपछि भने नीराहार भएका हुन । दशमीको दिन जमरा लाई प्रसादको रुपमा वितरण गर्ने उहाँको रेखदेखमा रहेका प्रेमलाल ठाकुरले बताउनु भयो ।

शरिर बराबर खाडल खनी बाबा सुतेको र सो माथि काठको पटरा राखेर त्यसमाथि माटो बालुवा सहित जौ रोपेर जमरा उमारेको ठाकुरले बताउनु भयो । छात र जीउमा जमरा उमारेको यो उहाको २५ औ पटक रहेको जनाइएको छ ।

नीराहार छातीमा जमरा उमार्दा शारिरीक कष्ट नभएको उहाले बताउनु भयो । उहाको संरक्षणमा २४ औ घण्टा स्थानीयले पहरा दिइरहेका छन् । नीराहार रहेका बाबाले छातीमा उमारेको जमरा हेर्न भक्तालुहरुको भिड समेत लाग्ने गरेको छ ।

हिन्दु परम्परा अनुसार घटस्थापनाको दिन जीउमा रोपेको जमरा

रौतहटको कटहरिया बजार स्थित बौधिमाताको मन्दिर छेउमा घटस्थापनाको अवसर पारेर निराहार समाधी बसेका नागा बाबाको जिउमाथि जमरा उम्रेको छ । विधिवत रुपमा ब्राहमण द्वारा पूजा गरेर गत असोज २८ गते दिउँसो नागाबाबा कटहरिया स्थित मन्दिर छेउमा खनिएको खाडलमा समाधी बसेका हुन्।

बाबा सोही दिनदेखि पानीसमेत नखाएर त्यही खाडलमा निराहार बसेका छन्। उक्त अवधिमा नागाबाबा सौच समेत गरेका छैनन्। उनको जिउमाथि माटो हालेर त्यसमाथि राखिएको जौ अहिले जमराको रूपमा उम्रिसकेको छ।

एकसाता अघि बाबा सुतेको खाडल माथि काठको फ्लैकहरु राखेर त्यसमाथि माटो हालेर राखिएको जौ अहिले जमराको रूप लिएको छ। लगातार १० दिनसम्म निराहार एक ठाउँमा सुनिरहनु निकै कठिन तपस्या भएको स्थानीयहरुले बताएका छन्। जमरा उमार्दै दशमीको दिन प्रसादको रुपमा बितरण गरेपछि मात्र बाबा खाडल बाहिर निस्कने उनको रेखदेखमा रहेका प्रेमलाल ठाकुरले बताएका छन्।

बाबा बसेको स्थानमा उनको अवस्था २४ औं घन्टा रेखदेख गर्न स्थानीयले ठाकुर सहित दुईजना मानिसको जिम्मा दीएका छन्। नागाबाबा समाधी बसेर जिउमाथि जमरा उमारेको यो २५ औं पटक भएको उलने बताएका छन्। यस अघि रौतहटको सुकदेव चौक, गरुडा, शिवनगर, सर्लाहीको बरहथवा, भगवतिपुर, बलुवा मन्नपुर, बारा र पर्सा जिल्लाको विभिन्न ठाउँका साथै भारतको ज्वालामाई मन्दिर, काटरामाई मन्दिरमा दुर्गा पूजाको अवसर पारेर समाधि बसी सफलता पूर्वक जिउमाथि जमरा उमारी सकेको बाबाले जानकारी दिएका छन्।

समाधि बसेपछि बौधिमाई मन्दिरको प्रांगणमा बाबालाई हेर्न आउने भक्तजनहरुको भिड समेत बढेको छ । नागाबाबा नामले चिनिने ४५ वर्षिय नरेश राय यादवको जन्म रौतहटको माधव नारायण ३ दीपही गाउँमा भएको थियो।

१० वर्षको उमेर देखिनै घर छोडेर साधु बनेको तथा पछिल्लो एकदशक देखि काठमाडौं स्थित पशुपति मन्दिर छेउमा बस्दैआएको बताएका छन्। यसरी समाधी बसेर जमरा उमार्न कम्तीमा १० दिन अघि देखि अन्न नखाएको, चिया, पानी गाँजा खाने गरेको तथा दुईदिन अघिदेखि केहीपनि नखाएर निराहार बस्दैआएको बाबाले जानकारी दिएका छन। यसैबीच बाबाको अवस्थाबारे ईलाका प्रहरी कार्यालय कटहरियाले निगरानी गरिरहेको दुर्गा पूजा समिति कटहरियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्