हायसले कारलाई ठक्कर दिँदा चार जना घाइते



उदयपुर ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १३ असारीस्थित किरात चोकमा शनिबार साँझ हायस दुर्घटना हुँदा चार जना घायते भएका छन् ।

काठमाडाैंबाट इटहरीतर्फ जाँदै गरेको बाग्मती प्रदेश बिए.ए९८६० नम्बरको कारलाई पछाडिबाट आउँदै गरेको काठमाडाैंबाट झापाको दमक जाँदै गरेको प्रदेश ३ ०१००५ खा ९३५८ नम्बरको हायसले ठक्कर दिँदा ४ जना घाइते भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार विस्तारै गुडिरहेको कारलाई पछाडिबाट आएको हायसले ब्रेक लिदालिँदै ठक्कर दिएको हो । ठक्करबाट कारको पछाडिको भाग र हायसको अगाडिको भागमा क्षति पुगेको छ ।

सो दुर्घटनाबाट घाइते भएका चारै जनालाई जिल्ला अस्पताल उदयपुरमा उपचार गरिएको छ । घाइते सबैलाई सामान्य चोट पटक मात्र लागेको जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपचारपछि सबै घाइतेहरु डिस्चार्ज भै सकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्