काठमाडौं ल्याइयो इजरायलमा मारिएका विद्यार्थीको शव



काठमाडौं ।

इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ ।

पहिलो चरणमा आज बिहान दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव काठमाडौं ल्याइएको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद, नेपालका लागि इजरायलका राजदूत पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् । उनीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पहिलो चरणमा विष्ट र धामी सहित नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव दिउँसो आइपुग्ने छ । अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ ।

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्