आरके शर्माले नयाँ कार्यसमिति गठन गरेसँगै एनआरएनए तीन टुक्रा



काठमाडौं ।  

गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) फेरि फुटेको छ।

अक्टोबर १९ तारिख भएको निर्वाचनको नतिजा सार्वजनिक गर्ने क्रममा त्रुटि देखिएपछि विवाद बढेको थियो। त्यस पछि दुई दिन प्रक्रिया अवरुद्ध भएको थियो। तर डा. बद्री केसी समूहले आफूहरू विजयी भएको भन्दै शपथ ग्रहण गरेका थिए। त्यस पछि चुनावमा पराजित पक्षले छुट्टै समिति बनाएको हो।

नयाँ कार्यसमितिले पठाएको विवरणअनुसार राजेन्द्रकुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । ११ औं महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ(रोविन)चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै महासचिबमा बुद्धि सागर सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्