धादिङलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प



काठमाडौं ।

 धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङमा आज  बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको हो। भुकम्पपछि पराकम्पन गइरहेका कारण मानिसहरु घरबाहिर निस्केर बसेका छन् ।
धादिङबेसि बजार लगायतका स्थानहरुमा मानिस सडकमा निस्केर बसिरहेका छन् ।

यसको ६.१ म्याग्निच्युड भएको केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्