एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार



काठमाडौँ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो ।

यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताउनुभएको छ । अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ ।

प्रतिक्रिया दिनुहोस्