अवैध लागूऔषधसहित दुई जना पक्राउ



काठमाडौं ।
धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका(४ बोराडाँडी बस्ने २२ वर्षीय विज्ञान बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रह्मदेब बजारबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ३७ मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २४ वर्षीय प्रमल नाथलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरीले भारत टनकपुरबाट नेपालतर्फ आउँदै गरेको म।१ प ७१३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक प्रमललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्