राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज एंगोला जाँदै



काठमाडौं ।

अफ्रिकी मुलुक एंगोलाको लुवान्डामा आयोजना हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४७ औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज राती एंगोला प्रस्थान गर्दै छन्।

अध्यक्ष तिमिल्सिना एंगोलामा कात्तिक ६ देखि १० सम्म हुने १४७ औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर राती १:५५ बजे प्रस्थान गर्न लागेका हुन्।

शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता भन्ने नाराका साथ हुन लागेको महासभामा नेपालको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौंदी र जितेन्द्रनारायण देव तथा प्रतिनिधि सभाका सदस्यद्वय रुपा सोसी चौधरी र सन्तोष परियार, संघीय संसदका महासचिव भरतराज गौतम, सहसचिव वविता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत हुनेछन्।

 यसैगरी, आईपीयूको फोरम अफ योङ पार्लियामेन्टमा प्रतिनिधि सभा सदस्य सन्तोष परियार र फोरम अफ वुमन्स पार्लियामेन्टसमा प्रतिनिधि सभा सदस्य रुपा चौधरीले सहभागिता जनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्