दशैंमा घर फर्कनेका लागि निःशुल्क बसको व्यवस्था



भुम्लु। 

दशैंमा घर फर्कने भुम्लुवासीको लागि नेपाली कांग्रेस भुम्लुले निःशुल्क बसको व्यवस्थापन गरेको छ।

कांग्रेसका भुम्लु गाउँपालिका सभापति जितेन्द्रमान तामाङ (दाबा लामा) को नेतृत्वमा काठमाडौँ उपत्यकाबाट गाउँघर जाने सबैलाइ निःशुल्क बसको प्रबन्ध मिलाइएको हो।

गाउँपालिका उपाध्यक्ष समेत रहेका जितेन्द्रमान तामाङका अनुसार भुम्लुका सबै वडावासी दर्जनौँ बस मार्फत सहज र निर्धक्क हिसाबले आफ्नो गाउँघर फर्किएका छन्।

चाडपर्वमा महँगो मोटर भाडा तिर्दा समेत सार्वजनिक बसमा आवतजावत गर्न नसकिने अवस्थामा नेपाली कांग्रेस भुम्लुले निःशुल्क र व्यवस्थित यात्रा बन्दोवस्त गरेको भन्दै यात्रुहरुले खुशी प्रकट गरे।

‘दशैं खर्चको चपेटामा परेकालाई यात्रा सहज र सस्तो होस् भनेर भुम्लुका सबै नागरिकका लागि सेवाभावले निःशुल्क बस व्यवस्थापन गरेका हौँ’- सभापति तामाङले भने।

यो धेरै सामाजिक संघसस्था र व्यक्तिको सहकार्यमा  संचालन गरिएको विशुद्ध परोपकारी काम हो तसर्थ यसलाई राजनीतिक चस्माले नहेर्न समेत उनले आग्रह गर्दै सहयोगी सबैलाई आभार प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्