दसैँमा प्रधानमन्त्रीको भिडिओ सन्देश- हामीलाई पछाडि फर्कने या यत्तिकै रुमलिने छुट छैन



काठमाडाैं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई पछाडि फर्किने छुट नभएको बताएका छन् । आज ९शनिबार० बिहान बडा दशैँको अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले अहिलेकै यथास्थितिमा रुमलिलिने छुट आफूहरूलाई नभएको बताएका हुन् ।

जनताको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘हामीलाई पछाडि फर्कने या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नै पर्दछ, शुभकामना सन्देशमा भनिएको छ,  यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सृजनात्मक सोचको विकास हुन जरुरी छ। जात, वर्ग, धर्म, लिंग, वर्ण, भूगोल, आस्था र साम्प्रदायिक सोचबाट माथि उठेर गरे हुन्छ, परिवर्तन सम्भव छ भन्ने सामूहिक र सकारात्मक चिन्तन अहिलेको आवश्यकता हो ।

राष्ट्र निर्माणको संकल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौती राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन हुन उनले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्