मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, १० जना घाइते, ५ गम्भीर



काठमाडौं ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको छ। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतलेमा दुर्घटना भएको हो।

दुर्घटनामा ५ जना गम्भीर र १० जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ५ जना गम्भीर घाइतेहरूलाई एम्बुलेन्स र बाँकी घाइतेलाई बसमा राखेर उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्