नारदमुनि स्मृति गोल्डकप : बागमती युवा क्लब फाइनल प्रवेश



उदयपुर ।

जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा स्थित नारदमुनी रंगशालामा गत असोज २७ गते बाट जारी नवौं संस्करणको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार सम्पन्न भएको छ । पहिलो सेमिफाइनल खेलमा आयोजक बसाहा फुटबल क्लब उदयपुर र बागमती युवा क्लब सर्लाही बिच खेल भएको थियो।

बुधबार सम्पन्न खेलमा आयोजक बसाहा फुटबल क्लबलाई ० का विरुद्ध २ गोल गर्दै बागमती युवा क्लब सर्लाही फाइनल प्रवेश गरेको हो।

फाइनल प्रवेशका लागि खेलको पहिलो हाल्फको १७ मिनेटमा बागमती युवा क्लब सर्लाहीका जर्सी नम्बर ९ का दिपेश चाम्लिङ राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाल्फ कै ३१ मिनेटमा थप अर्को गोल गर्दै दिपेशले आफ्नो टोलिको अग्रता दोब्बर बनाएक थिए।

बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजकले गोल गर्न नसक्दा स्तब्ध बनेको हो।

बुधबार भएको पहिलो सेमिफाइनलमा बागमती युवा क्लब सर्लाहीका जर्सी नम्बर ९ का दिपेश चाम्लिङ राई भएका थिए।

प्रतियोगिता अन्तर्गत अन्तिम सेमिफाइनल खेल भोलि बिहिवार न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी र कटारी फुटबल क्लब उदयपुर बिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्