नयाँ सदस्यता विवादमा पत्रकार समातिए



जुम्ला ।

प्रेस चाैतारी नेपाल जुम्लाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। चाैतारीले असाेज २८ गते नेपाल पत्रकार महासंघमा ताला लगाएको थियाे।
उक्त ताला प्रहरीकाे राेहबरमा फाेडिएपछि बुधवार पुनः ताला लगाइएकाे थियाे।

नेपाल पत्रकार महासंघ जुम्ला शाखाले नयाँ सदस्यता वितरण र पुराना नविकरणकाे विषयमा अनियमिता गरेपछि ताला लगाइएकाे प्रेस चाैतारी नेपाल जुम्लाका अध्यक्ष नाैरते नेपालीले बताए।

‘महासंघले ताला लगाएको विषयलाई लिएर हामीलाई प्रहरीले गरिफ्तार गरेको छ,’ उनले भने, ‘हाम्रा माग राख्ने स्वतन्त्रताकाे खिलापका सिंगाे सत्ता निरङ्कुस ढंगबाट लागेकाे छ।’

प्रहरीले प्रेस चाैतारी नेपाल जुम्लाका एक दर्जन नेता कार्यकर्तालाई गरिफ्तार गरेको पत्रकार सराेज शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्