गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आग्रह- लगानीलाई सदुपयोग गर्नुहोस्



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई राष्ट्रपति रामचन्द्र पौडेलले लगानीको सदुपयोग गर्न आग्रह गरेका छन् ।

आइतबार बिहान उक्त संघको ११औं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र लगानीको सदुपयोग गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले भने– ‘नेपालीमा लगानीको अपार सम्भावनाको सदुपयोग नगर्नुहोस् । र तपाईँहरूले बसोबास गरेको मुलुकका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न अभिप्रेरित गर्नुहोस् ।’

‘नेपाल समृद्ध नहुँदासम्म नेपालीको प्रतिष्ठा बढ्न सक्दैन’, उनले भने, ‘नेपाललाई विकास, समृद्धि र सुशासनतर्फ लैजान तपाईँहरू (एनआरएनए)को रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ ।’

प्रतिक्रिया दिनुहोस्