एनआरएनएको अधिवेशन राष्ट्रपतिद्वारा उद्घाटन, अध्यक्षमा ४ जनाको प्रतिस्पर्धा (नामावलीसहित)



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

मंगलबारदेखि शुक्रमबारसम्म लगातार चल्ने उक्त अधिवेशनको राष्ट्रपति पौडेलले स्वस्ती वाचन गरेर उद्घाटन गरेका हुन् ।

आज (मंगलबार) बिहानदेखि काठमाडौंमा अधिवेशन शुरू भएको छ । २००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भईसकेको छ ।

अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुनेभएका छन् । ८६ देशमा एनआरएनए विस्तार भईसकेको छ ।

जसमध्ये ५९ देशमा अधिवेशन भएको थियो भने ५९ मध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो ।

गैरआवासीय नेपाली संघको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा डा.बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्