फर्की फर्की मंसिरमा सुटिङ जाने जेठमा आउने



निर्माणाधीन फिल्म फर्की फर्की रिलिज डेट तय गर्दै सुटिङका लागि वर्कसपमा जुटेको छ।

फिल्म २०८१ सालको जेठ ११ गते रिलिज गरिने निर्माता रोहित अधिकारीले घोषणा गरेका छन्। उनले निर्माण गर्ने यो तेस्रो फिल्म हुनेछ। रिलिज डेट घोषणा गरिएस“गै फिल्मको वर्कसप पनि शुरु गरिएको हो। वर्कसपमा फिल्मका मुख्य नायक अनमोल केसी, नव–कलाकारद्वय रवि काफ्ले र समृद्धि अर्याल सहभागी छन् भने मुख्य नायिका जसिता गुरुङले भने केही दिनमा वर्कसुप शुरु गर्ने निर्माण पक्षले जनाएको छ। सुयोग गुरुङले निर्देशन गर्ने फिल्मलाई लिएर आपूm उत्साहित भएको अनमोल केसीले बताएका छन्।

काठमाडौं, पोखरा र अन्नपूर्ण बेस क्याम्पका साथमा, एउटा गीतको छायांकन इन्डोनेसियाको बालीमा गरिने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत तथा नरेन्द्र मैनालीको छायांकन रहनेछ। रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा निर्माणाधीन फिल्ममा मनोज वली र राम न्यौपाने सह–निर्माता रहेका छन्। आगामी मंसिर १ गते सुटिङ प्mलोरमा जाने फिल्म काठमाडौंमा काफिया फिल्म्स् र काठमाडौंबाहिर कुबेर फिल्मस्ले वितरण गर्नेछ। फिल्मको अन्तर्राष्ट्रिय वितरकको एमएसएम इन्टरटेन्मेन्ट रहेको छ।

प्रतिक्रिया दिनुहोस्