नारदमुनी स्मृति गोल्डकप : बागमती फुटबल क्लब  विजयी



उदयपुर। 

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहामा जारी  नवौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप  २०८० को सोमबारको खेलमा  चारतारे फुटबल क्लब मोरङ र बागमती फुटबल क्लब सर्लाही बिच प्रतिस्पर्धा  भएको छ।

खेलको ३ मिनेटमै चारतारे फुटबल क्लब मोरङका जर्सी नं। १६ का सागर तिवारीले सुरुवाती गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए  खेलको २०औं मिनेटमा चारतारे फुटबल क्लब मोरङका जर्सी नं। १०  का भुवन बस्नेतले गोल गर्दै आफ्नो टोलिलाई २-० को अवस्थामा पुर्‍याएका थिए।

खेलको दोश्रो हाल्फको ८ मिनेटमा बागमती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर ९ का दिपेश चाम्लिङ राईले गोल गर्दै आफ्नो टोलिलाई २-१ को अवस्थामा पुर्‍याएका थिए।

खेलको दोश्रो हाल्फको ३० मिनेटमा बागमती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर १६ का राज भुसालले गोल गर्दै खेललाई बराबरीको अवस्था ल्याएका थिए।
निर्धारित समतमा दुबै टोलीले २-२ को बराबरी खेलेपछि खेल ट्राईब्रेकरमा गएको थियो।

ट्राईब्रेकरकमा ५-४ गोल अन्तरले बागमती फुटबल क्लब सर्लाही विजयी भएको हो।

आजको खेलमा म्यानअफद म्याच बागमती फुटबल क्लब सर्लाही जर्सी नम्बर १६ का राज भुसाल भएका थिए।
प्रतियोगिता अन्तर्गत भोलि मंगलबार एविबियर क्लब क्यामरुन र कटारी फुटबल क्लब उदयपुर बिच खेल हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्