आस्थाले ल्याइन् लै बरी लै



लोकप्रिय गायिका आस्था राउतले घटस्थापनाको साइत पारेर आइतबार आप्mनो नयाँ गीत लै बरी लै सार्वजनिक गरेकी छन्।

गायिका राउतले आप्mनै युट्युब च्यानलबाट नयाँ गीत सार्वजनिक गरेकी हुन्। सावित्री राउतको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ। गीतको भिडियोमा आस्था राउत र राज कटुवालका साथमा उपासना शाक्य, कृतिका बराल, कञ्चन श्रेष्ठ, रिया सुन्दासलगायते अभिनय गरेका छन्। गीतले छोटो जिन्दगीमा रमाइलो गर्नुपर्ने सन्देश दिएको छ। भिडियोमा आस्थाले आपूmलाई कुशल कलाकार रहेको समेत प्रमाण दिएकी छन्।

गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शकको साथ पाउने विश्वास व्यक्त गरेकी छिन्। ‘यो गीत मात्र नभएर मेरा दर्शकलाई सन्देश पनि हो’ आस्था भन्छिन्। किरण थापा निर्देशित भिडियोमा झोलेइज्मको छायांकन, सम्पादन र भिजुअल इफेक्ट तथा किरण थापाको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्