दशैंलाई म घर आउँदैछु



हिन्दूहरूको महान् चाडपर्वलाई लक्षित गरेर दशैं–तिहारसम्बन्धी गीत–संगीत सार्वजनिक हुने क्रममा म घर आउँदै छु बोलको दशैं गीत म्युजिक भिडियोसहित आएको छ।

दीपा तामाङको शब्द तथा हेमराज डाँगीको लय र मिक्सिङ रहेको गीतमा गायक खुमन अधिकारी र दीपा तामाङको स्वर रहेको छ। परदेशी दशैं–तिहार मनाउन आफ्नै गाउँ–घर फर्की घरपरिवार, तथा आफन्तका साथ रमाइलो गर्दै दशैं मनाउने कथामा आधारित गीतको भिडियोमा मोडल सुरेन्द्र कुमार दाहाल र संचिता शाही ठकुरीले अभिनय गरेका छन्।

फर्पिङको रमणीय स्थानमा खिचिएको भिडियो प्रवीण थापाले निर्देशन गरेका छन्। वीरेन्द्र भट्ट र अमृत चापागाईंको सम्पादन रहेको भिडियो मेलमिलाप डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्