झापाको पूर्वी नाकामा एपीएफद्वारा डग परिचालन



काठमाडौँ। 

सशस्त्र प्रहरी बल नेपालले झापाको पूर्वी नाकाको मेचीपुल सीमा इलाकामा तालिम प्राप्त डगसहित सशस्त्र प्रहरीको टोली परिचालन गरेको छ ।

चाडपर्वको बेला सीमा क्षेत्रमा हुने अवैध हातहतियार, विस्फोटक पदार्थ र लागूऔषध पहिचान गर्नसक्ने दुई वटा तालिम प्राप्त डग परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु तथा डग हैण्डलर उप–उपशाखाबाट परिचालित जुलेट ल्याब्रोडोरले हातहतियार तथा विस्फोटक पदार्थ र जोजो ल्याब्रोडोरले लागूऔषध पहिचान गर्नेछ ।

विश्व परिवेशमा हातहतियार, विस्फोटक पदार्थ लगायत लागूऔषध पहिचानमा डग परिचालन अति प्रभावकारी रहि आएको छ । सुरक्षाकर्मीको नांगो आखाले देख्न तथा छुट्याउन नसक्ने यस्तो प्रकृतीको गैह्र कानुनी क्रियाकलाप रोक्नको लागि अन्य सीमा नाकाहरुमा पनि तालिम प्राप्त जनशक्ति तथा डग बढाउँदै लैजाने संगठनको योजना रहेको छ ।

यसअघि २०७२ सालको गोर्खा भुकम्पको भग्नावशेषमा परी हराएका व्यक्तिहरुको पहिचान तथा उद्धार गर्न व्यक्ति खोज तथा उद्धार तालिम प्राप्त डग परिचालन गरिएको थियो ।

संसार भरको सुविधा सम्पन्न एयरपोर्टहरुमा पनि हातहतियार, विस्फोटक पदार्थ र लागूऔषधको पहिचानमा यस्ता डगहरुको परिचालन गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्