जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ



भक्तपुर।

सूर्यबिनायक नगरपालिका-८ दाजिलिङ हाईट बस्ने मादपलाल श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपालचोक ईन्द्रावती गाउँपालिका-१० बस्ने ४२ वर्षीय नबराज दंगाल समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्