मानसिक स्वास्थ्य सम्बन्धी चेतना मूलक सडक नाटक



काठमाडौँ।

 मानसिक स्वास्थ्यको क्षेत्रमा दुई दशक देखी काम गर्दै आएको चैतन्य इन्स्टिच्युट फर मेन्टल हेल्थ नेपालले मानसिक स्वास्थ्य दिवसको अवसरमा काठमाडौँको बुढानीलकण्ठमा चेतना मूलक ¥यालि सहित सडक नाटक आयोजना गरेको छ ।

सो अवसरमा संस्थाले मानसिक स्वास्थ्यको विषयमा चेतना मूलक सडक नाटकसँगै उपचार विधि, पारिवारीक सहभागिता, औषधि सेवन लगायतको विषयमा जानकारी गराएको मनोपरामर्दाता विश्वास खरेलले बताए ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले मानसिक समस्याबाट छुटकारा पाउन विरामीको प्रतिवद्धता तथा परिवारको साथ र सहयोग आवश्यक हुने बताए । कार्यक्रममा चैतन्य इन्स्टिच्युट फर मेन्टल हेल्थ नेपालको निर्देशक आरित बाँस्तोलाले मानसिक स्वास्थ्य विश्वव्यापी मानव अधिकारको विषय भएकोले मानसिक रोगका बिरामीलाई प्राथामिकता दिनु पर्ने बताए ।

चैतन्य इन्स्टिच्युट फर मेन्टल हेल्थ नेपालले मानसिक रोग सम्बन्धी उपचारमा लामो समयदेखि काम गरिरहेको भारतको प्रतिष्ठीत संस्थासंगको सहकार्यमा विभिन्न समयमा सडक नाटक, टिभी कार्यक्रम, स्वास्थ्य शिविर, साको थेरापी लगायतका काम गर्दै आएको मनोपरामर्श दाता विश्वास खरेलले बताए । त्यसैगरी चैतन्य इन्स्टिच्युट फर मेन्टल हेल्थ नेपालले मानसिक स्वास्थ्यमा समस्या भएका मानिसलाई घरभित्रको सुविधा र ओपिडी क्लिनिक मार्फत मनोसामाजिक पुनर्स्थापना समेत प्रदान गर्दै आएको खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्