बौद्धमा गोली प्रहार गरेर एकजनालाई लिइयो नियन्त्रणमा


काठमाडौं ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बौधमा गोली प्रहार गरेर एकजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि ती व्यक्तिलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । लुट्न आउन लागेको सूचना पाएपछि पुगेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएसँगै उनीमाथि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्तिबाट पेस्तोल बरामद गरेको र गोली लागेर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।