बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ



काठमाडौँ ।

बैंकिङ कसुर मुद्दामा कैद जरिवाना तोकी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ घर भई हाल काठमाडौँको कीर्तिपुर–६ पाँगा बस्ने ३२ वर्षीय राजु थापा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत असार ३ गते उच्च अदालत पाटनबाट थापालाई ५ लाख बिगो, ५ लाख जरिवाना, र क्षतिपूर्ति बापत २० हजार राहत कोषमा जम्मा गराई दुई दिन कैद हुन ठहर भएको थियो ।

त्यसपछि फरार रहेका उनलाई सोमबार काठमाडौँको बल्खुबाट पक्राउ गरिएको हो । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्