हराएको ७० हजार धनीलाई



हेटौँडा । 

सोमबार बिहान करिब ११ बजे हराएको नगद फेला पारेर प्रहरीले धनीलाई बुझाएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा–८, कमाने बस्ने वर्ष ६० का माधवप्रसाद थपलियाले वडा–१० स्थित बैंकरोडबाट नगद ७० हजारसहित ब्याग हराएको भनी निवेदन दिएका थिए।

तत्काल उल्लिखित स्थानमा प्रहरी परिचालन गरी खोजतलास गर्दा नगद फेला परेको हो । थपलियालाई कार्यालयमा बोलाएर नगदसहित ब्याग बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्